Duration 2:44

बुटवललाई मेगासिटि बनाउने उपमहानगरको योजना । Pradesh Bisesh

3 293 watched
0
90
Published 4 Jul 2019

पछिल्लो समय देशमा सबैभन्दा धेरै जनसंख्या वृद्धि र पूर्वाधार विकास भएको क्षेत्र हो बुटवल । सुधारिएको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासले बुटवल अहिले साँघुरिदै गएको छ । घना मानव बस्तीले घेरिएर साँघुरो बनेको बुटवललाई विस्तार गरी मेगासिटि बनाउन बुटवल उपमहानगरपालिकाले नयाँ योजना ल्याएको छ । प्रदेश ५ को मुकाम बुटवल उपमहानगरपालिकाले आसपासका स्थानीय तह जोडेर मेगासिटि बनाउने अवधारणा ल्याएको छ । त्यसमा पहिलो चरणमा बुटवलदेखि बेलहीया, दोस्रोमा सैनामैना नगरपालिका र आसपास गरी तेस्रो चरणमा बुटवलदेखि लुम्बिनी जोड्ने प्रारम्भीक योजना छ । नागरीकलाई एकै ठाउँबाट एकिकृत सेवा प्रवाह र समानुपातिक विकासका लागि मेगासिटिको अवधारणा ल्याएको उपमहानगरपालिकाको भनाइ छ । पछिल्लो समय बुटवल, पश्चिम क्षेत्रको शैक्षिक, स्वास्थ्य र व्यापारीक हब बन्दै गएको छ । यसले जनसंख्या, सहरीकरण र सहरी पूर्वाधार समेत तीव्र रुपमा बढ्दै गएका छन् । भैरहवा आसपासमा औद्योगिक विकास र लुम्बिनी आसपासमा पर्यटकीय क्षेत्र तथा पूर्वाधार बढ्दै गएका छन् । भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माणाधीन छ भने जिल्लाका सबैजसो स्थानीय तह र राजमार्गबाट लुम्बिनी जोड्ने सडक बनीरहेका छन् । यस्तो बेलामा बुटवलले लुम्बिनीसम्मलाई जोडेर बनाउन खोजेको मेगासिटि सम्भव भएपनि थुप्रै चुनौती र तयारीका काम गर्नुपर्ने विज्ञहरुको सुझाव छ । छिमेकी मुलुक भारत र चिनले ठूला सहरहरुमा सुविधा बढाएर मेगासिटिका रुपमा विकास गरेका छन् । नेपालका लागि भने मेगासिटि अभ्यास नयाँ हो । बुटवलले मेगासिटिको अवधारणा कार्यान्वयनमा लैजाने हो भने सबैभन्दा पहिले सार्वजनीक जग्गाको संरक्षण, व्यवस्थापन, सहरी पूर्वाधारलाई पूर्णता, २४ घण्टे बजार तथा यातायात व्यवस्थापनमा ध्यान दिनुपर्ने छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /user/TheEkantipur Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 2